काभा यू-२० महिला भलिबल: नेपालले आज श्रीलंंकासँग खेल्दै
काठमाडाैं | साउन ३, २०८१
Photo: Junu Pun Magar
काठमाडौं: नेपाली युवा राष्ट्रिय महिला भलिबल टोलीले काभा यू–२० महिला भलिबल च्याम्पियनसिपको पहिलो खेलमा आज (बिहीबार) श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ ।
नेपाल र श्रीलंकाबीचको खेल माल्दिभ्सको माले सिटीस्थित सोसल सेन्टरमा नेपाली समयअनुसार राति १० बजे सुरु हुनेछ । त्यसअघि आयोजक माल्दिभ्सले उपाधिको दावेदार किर्गिस्तानसँग खेल्दैछ ।
उपाधि दावेदार टोलीको रुपमा रहेको नेपाल श्रीलंकालाई पराजित गरी सुखद सुरुवात गर्न चहान्छ । जेनिशा विश्वकर्माको कप्तानीमा उत्रने नेपालसँग घरेलु भलिबलमा प्रभाव जमाउन सफल खेलाडीको साथ रहेको छ ।
टोलीसँग जेनिशासँगै सलिना बुढा मगर, मीना सुनार, निशा महर, निशा चौधरी, एलिसा मानन्धर र लिवेरो एन्जिला प्रधानको साथ रहेको छ । यस्तै टोलीमा भावना तामाङ, आरती चौधरी, अनुषा चौधरी, स्नेहा ठगुन्ना र आशिका क्षेत्री पनि छिन् । यि खेलाडीले निरन्तर सिनियर स्तरको घरेलु भलिबल प्रतियोगिता खेलिरहेका छन् ।
तर, टोलीमा मिडल ब्लकमा समस्या निम्तन सक्नेछ । प्रशिक्षण टोलीले स्पाइकर पोजिसनमा खेलिरहेका निशा चौधरी र एलिसा मानन्धरलाई मिडल ब्लकमा तयार पारिरहेको छ ।
नेपालले महिलातर्फ पहिलोपटक उमेर समूहको भलिबलमा प्रतिस्पर्धा गर्न लागेको हो । यसअघि पुरुषको यु–२३ टोलीले बंगलादेशमा प्रतिस्पर्धा गरेको हो ।
नेपालले दोस्रो खेलमा शुक्रबार किर्गिस्तान र राउन्ड रोविन लिगको अन्तिम खेलमा शनिबार माल्दिभ्ससँग खेल्नेछ । राउन्ड रोविन लिगपछि लिगको शीर्ष र चौथो हुने टोली तथा लिगको दोस्रो र तेस्रो हुने टोलीबीच सेमिफाइनल खेल हुनेछ ।
सेमिफाइनलको विजेताले फाइनल खेल्नेछ । सेमिफाइनलमा पराजित टोलीले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछ ।
आइतबार कुनै खेल हुनेछैन । सोमबार सेमिफाइनलका दुई खेल हुनेछ । मंगलबार फाइनलसँगै तेस्रो स्थानको लागि प्रतिस्पर्धा हुनेछ ।
काभा यू–२० महिला भलिबल च्याम्पियनसिप १८ देखि २३ जुलाईसम्म माल्दिभ्सको मालेमा हुनेछ । च्याम्पियनसिपमा आयोजक माल्दिभ्स र नेपालसहित चार राष्ट्र किर्गिस्तान र श्रीलंकाको सहभागिता रहेको छ ।
यू–२० महिला टोलीः
जेनिशा विश्वकर्मा (कप्तान), सलिना बुढा मगर, एलिसा मानन्धर, निशा महर, भावना तामाङ, एन्जिला प्रधान, निशा चौधरी, आरती चौधरी, मिना सुनार, अनुषा चौधरी, स्नेहा ठगुन्ना र आशिका क्षेत्री
मुख्य प्रशिक्षक – कुमार राई, सहायक प्रशिक्षक – अर्जुन घिमिरे, टिम व्यवस्थापक – जुनु पुनमगर
मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा ४ मा अवस्थित पवित्र तीर्थस्थल कागबेनीमा बिहीबार चैत्र कृष्ण औँसीको तिथीमा पितृतर्पण गर्नेको भिड लागेको छ । काग खोला र कालीगण्डकीको तटमा अवस्थित क...
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ । आयोगले बिहीवार एक कार्यक्रमकाबिच समानुपातिकतर्फका एक सय १० जना सांसदहरुलाई प्रमाणप...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि अभिमुखीकरण सुरु गरेको छ। दुईदिने सो अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रत...

